Kathmandu Press

गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फर्किए

कार्यालयमा काम गरिरहेकाे एक तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘प्रिय प्रगतिशील उदारवादी मिडिया र विपक्षी, म बाँचेकोमा क्षमा चाहन्छु, काममा फर्किको छु।’
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फर्किए

ब्राटिस्लाभ, असार २५ : स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको काममा फर्किका छन्।

बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मंगलबारबाट आफू काममा फर्किएको प्रधानमन्त्री फिकोले बताएका छन्।

Hardik ivf

कार्यालयमा काम गरिरहेकाे एक तस्बिर  फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘प्रिय प्रगतिशील उदारवादी मिडिया र विपक्षी, म बाँचेकोमा क्षमा चाहन्छु, काममा फर्किको छु।’

मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि फिकोमाथि गोली हानिएको थियो। उनको  दुई वटा लामो शल्यक्रिया गरिएको थियो।

फिकोलाई ७१ वर्षीय कवि जुराज सिन्तुलाले गोली हानेका थिए। उनीविरुद्ध आतकवादको आरोपमा मुद्दा चलाइएको छ।

फिकोले आफ्नो मध्यमार्गी एसएमइआर–एसडी पार्टी, मध्यमार्गी हलास र ५४ लाख जनताको युरोपेली संघ तथा नाटो सदस्यहरूको शासन गर्ने अति दक्षिणपन्थी एनएनएससहितको तीन पक्षीय गठनबन्धनको नेतृत्व गर्छन्।

 

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, असार २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्