Kathmandu Press

‘सहकारीहरुका लागि नियमनकारी निकायको प्रभावकारी व्यवस्था आवश्यक’

सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा गभर्नर अधिकारीले नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारण देखाए।
‘सहकारीहरुका लागि नियमनकारी निकायको प्रभावकारी व्यवस्था आवश्यक’

काठमाडौं, असार २४ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियमनकारी निकायको प्रभावकारी व्यवस्था नहुँदा सहकारीहरुमा समस्या देखिएको बताएका छन्।

उनले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए।

Hardik ivf

सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा गभर्नर अधिकारीले नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारण देखाए।

सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने गभर्नरको भनाइ थियो।

गर्भनर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको बताउँदै नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको विषय औंल्याएका थिए।

 

प्रकाशित मिति: १८:३० बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्