Kathmandu Press

‘मोदीबेनी’को ‘मन्जुरी’ सार्वजनिक

एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको गीतमा गायक योगीकै संगीत छ। गीत राम अविरल विष्टले लेखेका हुन्। किरण थापाले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठ फिचर्ड छन्।
‘मोदीबेनी’को ‘मन्जुरी’ सार्वजनिक

काठमाडौं, असार २४  : शंकर कोइरालाले निर्देशन गरेको फिल्म  ‘मोदीबेनी’को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ। एक कार्यक्रमबीच साउन १८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’ पहिलो गीत सार्वजनिक गरियो।

एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको गीतमा गायक योगीकै संगीत छ। गीत राम अविरल विष्टले लेखेका हुन्। किरण थापाले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठ फिचर्ड छन्।

Hardik ivf

गीत सर्वाजनिक कार्यक्रममा फिल्मले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो। डेब्यूनिर्देशक कोइरालाले फिल्ममा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए। उलने भने, ‘सार्वजनिक गीत मन्जुरीमा वर्षा र अमरको प्रेम अङ्कुरणको प्रंसगलाई चर्चा गरिएको छ।’

यस्तै, अभिनेत्री शिवाकोटीले फिल्म आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै आफूले निकै आशा बोकेको बताइन्। फिल्म हेर्दा आफ्नै कथा हेरेजस्तो लाग्ने बताइन् ।

दिलीप केसी र हरि श्रेष्ठ निर्माण गरेको फिल्ममा वर्षा र अमरप्रतापसँगै अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतको पनि अभिनय छ।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्