Kathmandu Press

युक्रेनको बाल अस्पतालमा रूसको आक्रमण, २४ भन्दा बढीको मृत्यु

क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ। किभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको जनाइएको छ।
युक्रेनको बाल अस्पतालमा रूसको आक्रमण, २४ भन्दा बढीको मृत्यु

किभ, असार २४ : युक्रेनको राजधानी किभस्थित एक बाल अस्पतालमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ।

सोमबार भएको सो आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ। किभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको जनाइएको छ।

यस्तै, रुसले युक्रेन क्राइभी रिह सहरमा पनि आक्रमण गरेको छ। सो आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको बताइएको छ।

केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो। युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्