Kathmandu Press

दियालो बंगला आमनागरिकका लागि खुला

मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न र अवलोकन गर्न चाहाने जो कोहीका लागि महत्वपूर्ण हुने बताए। उनले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
दियालो बंगला आमनागरिकका लागि खुला

चितवन, असार २३ : भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गगरे।

नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो।

मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न र अवलोकन गर्न चाहाने जो कोहीका लागि महत्वपूर्ण हुने बताए। उनले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल बनाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

Hardik ivf

‘भरतपुर विमानस्थल विस्तारसँगै रात्रिकालीन उडान हुने र भाडादर घट्ने हुँदा यहाँ आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ। नेपाल ट्रष्टको स्वामित्वमा रहेको बङ्गला भरतपुर महानगरले सञ्चालन र व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको छ, यसले पनि पर्यटकको सङ्ख्या वृद्धिमा योगदान गर्नेछ’, मन्त्री तामाङले भने।

ट्रष्टले पूर्वराजपरिवारको सम्पत्तिको अध्ययन, अवलोकन एवं आवश्यकताअनुसार प्रयोग गर्दै आएको उजले बताए।

महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षको अवसर पारी ट्रष्टसँगको सहमतिमा महानगरपालिकाले बंगला सबैका लागि खुला गरिएको बताइन्।

‘वषौँदेखि आमनागरिकले के होला भनेर उत्सुकताका साथ हेरिरहेको दरबार अब प्रत्यक्ष हेर्न पाउने छन्। यसले आन्तरिक र बाह्य पर्यटक बढाउने आशा छ,’ उनले भनिन् ।

अब कार्यविधि बनाएर सञ्चालन बंगलालाई व्यवस्थित गर्ने भन्दै महानगर प्रमुख दाहालले कार्यविधि नबनुन्जेल अवलोकन निःशुल्क गरिने बताइन्।भरतपुर महानगरपालिकाभित्र रहेका सातवटा मुख्य गन्तव्य रहे पनि अन्य गन्तव्यको खोजी गर्ने क्रममा दियालो बंगला सञ्चालनमा ल्याउन सकिएको उनको भनाइ छ।

उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी महानगरपालिका र ट्रष्टबीचमा सञ्चालनसम्बन्धी सम्झौता भइसकेको थियो। ट्रष्टले ट्रष्टले ९२ लाखमा मर्मत सम्भार गरी महानगरलाई जिम्मा दिएको हो।

भरतपुर महानगरपालिका–१ मा रहेको बङ्गलामा तत्कालीन राजपरिवारले जाडोयाममा धेरै समय बिताउने गरेका थिए। ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर छ। भर्‍याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरेको घडियाल गोही सजाएर राखिएको छ भने भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले राजपरिवारको इतिहाससँग जोडिएको ठाउँ भएर पनि आमनागरिकको पहुँचभन्दा बाहिर रहेकाले महानगरले सबैका लागि खुला गर्न पहल गरेको बताए।

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्