Kathmandu Press

साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो

दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको हो। नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ।
साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो

काठमाडौं, असार २३ : साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से २१.२७ अंकले बढेर बन्द भएको हो।  

दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा  पुगेर बन्द भएको हो। नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ।

आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ।

यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ। सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ।   

नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।                 

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्