Kathmandu Press

कांग्रेसले टुंग्यायो मधेशमा मन्त्रीकाे नाम

कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मधेश सरकारमा पठाउने निर्णय गरेको छ।
कांग्रेसले टुंग्यायो मधेशमा मन्त्रीकाे नाम

धुनषा, असाेज २३ : नेपाली कांग्रेसले मधेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ।

शनिबार मुख्यमन्त्री शतीकुमार सिंहलाई विश्वासको मत दिँदै कांग्रेसले मधेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

Hardik ivf

कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मधेश सरकारमा पठाउने निर्णय गरेको छ।

कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिचाईँ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको बताइए पनि अहिलेसम्म मन्त्रालय टुंगो भने लाग्न सकेको छैन ।

यता, कांग्रेसले ४ मन्त्रीको नाम टुंगो लगाएपछि मुख्यमन्त्री सिंह कांग्रेसलाई ३ मन्त्रालय दिन तयार भएको बताइएको छ।

उनी २५ सांसद रहेको एमालेलाई ४ र २२ जना सांसद रहेको कांग्रेसलाई ३ मन्त्रालय दिएर मुख्यमन्त्री सतिश सिंहले अर्थ मन्त्रालय आफैंसँग राख्ने सोचमा छन्।

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्