सुनको मूल्य प्रतितोला १ हजार बढ्यो
शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, असार २३ : साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको छ।
शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ।
प्रकाशित मिति: ११:४९ बजे, आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1764753058.png)
-1764751301.jpg)