वित्तीय पहुँच बढाउने प्रयासमा छौं : गर्भनर
‘नेपाल राष्ट्र बैंकहरुको महत्वपूर्ण उद्देश्य र प्राथमिकतामा परेका विषयहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बोक्न सकेको छ,’ उनले भने, ‘हामी वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्न चाहन्छौ। वित्तीय पहुँचलाई बढवा दिन खोजिरहेको छौं।’काठमाडौं, असार २२ : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय पहुँचलाई बढवा दिनका लागि आवश्यक पहलकदमी लिइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले वित्तीय पहुँचलाई बढवा दिने कुरालाई एजेण्डाका रुपमा अगाडि बढाउन खोजिरहेको बताए।
‘नेपाल राष्ट्र बैंकहरुको महत्वपूर्ण उद्देश्य र प्राथमिकतामा परेका विषयहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बोक्न सकेको छ,’ उनले भने, ‘हामी वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्न चाहन्छौ। वित्तीय पहुँचलाई बढवा दिन खोजिरहेको छौं।’
उनले पहिला भन्दा अहिले कृषि पेसालाई हेर्ने नजरमा धेरै नै सकारात्मक परिवर्तन आएको बताए।
पहिले कृषि पेसामा छु भन्दा गिज्याउने प्रवृत्ति रहेको भएता पनि अहिले आधुनिक कृषिमा संलग्न छु भन्दा छुट्टै खालको सम्मान प्राप्त गर्न सक्ने अवस्था बनेको उनको भनाई छ।