Kathmandu Press

मुख्यमन्त्री सतिश सिंहले पाए विश्वासको मत

शनिवार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।
मुख्यमन्त्री सतिश सिंहले पाए विश्वासको मत

धुनषा, असार २२ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्।

शनिवार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

Hardik ivf

संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।  

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सिंहले बहुमत सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

 

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्