Kathmandu Press

मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

सिंहलाई कांग्रेस र एमालेले विश्वास मत दिने घोषणा गरिसकेकाले उनको सरकारले निरन्तरता पाउने निश्चित भएको हो।
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

जनकपुर, असार २२ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन्।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

Hardik ivf

मधेसको चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन हुने भएपनि मधेशमा भने सिंह सरकारले निरन्तरता पाउने छ। सिंहलाई कांग्रेस र एमालेले विश्वास मत दिने घोषणा गरिसकेकाले उनको सरकारले निरन्तरता पाउने निश्चित भएको हो।

मधेसमा एमालेका २५, कांग्रेसका २२, जनमतका १३, जनता समाजवादी पार्टीका १९, लोसपा र माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ सदस्य छन्।

प्रकाशित मिति: ११:४१ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्