Kathmandu Press

केन्द्रीय आयुर्वेद विद्यापीठमा चार महिनादेखि काम कारवाही ठप्प

विद्यापिठमा अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार शिक्षकहरू दिनुपर्ने, विद्यार्थीले पाउने इन्टर्नसीप भत्ता दिनुपर्ने, ई–लाइब्रेरी हुनुपर्ने लगायत ७ बुँदे माग राखेर स्ववियुले गत फागुन २९ गते ताला लगाएको थियो।
केन्द्रीय आयुर्वेद विद्यापीठमा चार महिनादेखि काम कारवाही ठप्प

काठमाडौं, असार २१ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठका प्रमुखको कार्यकक्ष, क्याम्पस प्रशासन र लेखामा चार महिनादेखि ताला लागे पनि समस्या समाधान हुन सकेको छैन।

विद्यापिठमा अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार शिक्षकहरू दिनुपर्ने, विद्यार्थीले पाउने इन्टर्नसीप भत्ता दिनुपर्ने, ई–लाइब्रेरी हुनुपर्ने लगायत ७ बुँदे माग राखेर स्ववियुले गत फागुन २९ गते ताला लगाएको थियो।

Hardik ivf

विश्वविद्यालयबाट अहिलेसम्म आन्दोलनकारीसँग वार्ताको ठोस पहल समेत भएको छैन। विद्यापीठका प्रमुखको कार्यकक्ष, क्याम्पस प्रशासन र लेखामा चार महिनादेखि ताला लागेपछि प्रशासनिक कामकारबाही प्रभावित भएका छन्।

विद्यापीठको स्ववियूले माग पूरा नभएसम्म ताला नखोल्ने अडान लिँदै आएको छ। स्ववियूका मागमा विद्यापिठ प्रशासन गम्भीर नभएको आरोप छ। केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकहरूको करार अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण हुनुपर्ने र ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने लगायत माग राख्दै पछिल्लो पल्ट गत २ असारमा विश्वविद्यालयको केन्द्रीय कार्यालय र आयुर्वेद अध्ययन संस्थानको डीन कार्यालयमा समेत विद्यार्थी संगठनले तालाबन्दी गरिदिएपछि समस्या झन् थपिएको छ।

नेविसंघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनहरूले तालावन्दी गरिदिएका हुन्। नेविसंघका एकाइ अध्यक्ष डा.वसन्त अधिकारीका अनुसार चिकित्सा शिक्षा ऐन अनुसार विज्ञ शिक्षक नभएको, भएकालाई पनि हटाउन खोजिएको, पढाइ भएको १४ वर्षसम्म पनि अस्पताल बनाउन कुनै तदारुकता नदेखाएको जस्ता कारण तालाबन्दी गरिएको हो।

चिकित्सा शिक्षा ऐनले स्नातक तह अध्यापन गराउनका लागि प्रत्येक विषयगत विभागमा १ जना विषयगत शिक्षक र न्यूनतम ४ जना विज्ञ हुनुपर्ने व्यवस्था गरेको छ। विषय शिक्षकहरू ६३ जना हुनुपर्नेमा २० जना मात्र रहेको जनाइएको छ। करारमा रहेकालाई समेत हटाउन खोजेपछि समस्या थप बल्झिएको हो।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्