खुकरी प्रहार आमाको हत्या गर्ने छोरा पक्राउ

तेह्रथुम, असार २१ः तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका छोरा २३ वर्षीय दीपक नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)


