बजेट राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
सरकार पक्ष तथा प्रतिपक्षी बेन्चमा रहेका कांग्रेस सहितका सांसदहरुले हुन्न नभने पछि बजेट सर्वसम्मत पारित भएको हो ।
काठमाडौं, असार २१ : आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो।
राष्ट्रिय सभाका सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट असार ११ गते पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा सरकार पक्ष तथा प्रतिपक्षी बेन्चमा रहेका कांग्रेस सहितका सांसदहरुले हुन्न नभने पछि बजेट सर्वसम्मत पारित भएको हो।
बजेट ल्याउँदा एमाले सरकारमै रहेका कारण पनि बजेट निर्णयार्थ पेस हुँदा कसैले पनि हुन्न भनेनन् । नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन्।
प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1764753058.png)