Kathmandu Press

रोनाल्डो र एम्बाप्पे आमने सामने हुँदै

यी दुई स्टारको टिम पोर्चुगल र फ्रान्स आज राति युरोपको क्वार्टरफाइनलमा भीड्दै छन्। खेल राति १२ः४५ बजे ह्यामबर्गमा हुनेछ।
रोनाल्डो र एम्बाप्पे आमने सामने हुँदै

काठमाडाैं, असाेज २१ : सदबहार क्रिस्टियानो रोनाल्डो र युवा किलियन एम्बाप्पे जारी युरोकपका सबैभन्दा ठूला स्टार हुन्। यिनै दुई आज एकआपसमा प्रतिद्वन्द्वीका रुपमा मैदान उत्रदैछन्।

यी दुई स्टारको टिम पोर्चुगल र फ्रान्स आज राति युरोपको क्वार्टरफाइनलमा भीड्दै छन्। खेल राति १२ः४५ बजे ह्यामबर्गमा हुनेछ।

Hardik ivf

टिम स्टार खेलाडीले भरिएपछि दुवै टिमले त्यसअनुसारको प्रदर्शन गर्न सकेका छैनन्। ठिकठाक मात्र प्रदर्शन गरिरहेका दुवै टिम गोल गर्न संघर्ष गरिरहेका छन्।

पछिल्ला २ खेलमा गोल गर्न नसकेको पोर्चुगल फ्रान्सलाई हराउँदै दोस्रो पटक च्याम्पियन बन्ने सपनालाई जिवितै राख्न चाहन्छ। त्यसका लागि डिफेन्सलाई मजुबत बनाउँदै आक्रमण थप चुस्त बनाउनु पर्नेछ। ऊ पछिल्ला २ गोलमा गोलबिहीन छ।

छैटौं युरोकप खेलिरहेका रोनाल्डो जारी युरोकप गोलबिहीन छन्। त्यसैले उनी पनि फ्रान्सविरुद्ध गोल गर्दै गोलको खडेरी तोड्न चाहन्छन्। रोनाल्डोसँगै राफायल लिआओ, बर्नार्डो सिल्भा, ब्रुनो फनान्डेसलगायतको प्रदर्शन पोर्चुगलको लागि महत्वपूर्ण हुनेछ।

यता, फ्रान्स पनि जारी प्रतियोगितामा गोलका लागि संघर्ष गरिरहेको छ। क्वार्टरफाइनल यात्रामा उसले जम्मा ३ गोल मात्र गरेको छ, त्यस पनि २ गोल आत्मघाती छ भने एक गोल पेनाल्टीमा भएको छ।

त्यसैले पोर्चुगलविरुद्ध ऊ पनि गोलको खडेरी तोड्न चाहन्छ। उसका लागि एम्बाप्पे र एन्टोइन ग्रिजमनको प्रदर्शन मुख्य हुनेछ। यता, ऊ सन् २०१६को फाइनलमा प्राप्त हारको बदला लिने सुर पनि हुनेछ।

 

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिपक्ष दलको बैठक सुरु
प्रतिपक्ष दलको बैठक सुरु
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
देशभरको तापक्रम क्रमशः घट्दो
देशभरको तापक्रम क्रमशः घट्दो