एआइजीमा सिफरिस पोखरेल डिआइजीबाटै अवकाश
एआईजी बढुवाका लागि सिफारिस भएपनि कुनै निर्णय नभएपछि पोखरेल उमेर हदका कारण डिआइजीबाटै अवकाश हुन लागेका हुन्। ५६ वर्षे उमेर हदका कारण उनी आजै रातिबाट अवकाश हुँदैछन्।
काठमाडौं, असार २१ : प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) बढुवाका लागि सिफारिस गरिएका पोषराज पोखरेलले डिआईजीबाटै अवकाश पाएका छन्।
एआईजी बढुवाका लागि सिफारिस भएपनि कुनै निर्णय नभएपछि पोखरेल उमेर हदका कारण डिआइजीबाटै अवकाश हुन लागेका हुन्। ५६ वर्षे उमेर हदका कारण उनी आजै रातिबाट अवकाश हुँदैछन्।
गत असार १० गते गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यसबारेमा कुनै निर्णय हुन नसक्दा उनको हुन नसकेको हो। समितिको सिफारिस अनुसार बढुवा भएको भए पनि उनी २ दिन मात्र एआईजी हुने थिए।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार