Kathmandu Press

गृहसचिव र आइजिपी संसदीय छानबिन समितिमा उपस्थित

समितिले छलफलमा सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा छलफलका लागि गृह सचिव अर्याल र आइजीपीलाई बोलाएको थियो। अहिले उनीहरुसँग समितिमा छलफल भइरहेको छ।
गृहसचिव र आइजिपी संसदीय छानबिन समितिमा उपस्थित
फाइल तस्बिर।

काठमाडौं, असार २१ : सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको निर्देशन अनुरुप गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन्।

समितिले छलफलमा सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा छलफलका लागि गृह सचिव अर्याल र आइजीपीलाई बोलाएको थियो। अहिले उनीहरुसँग समितिमा छलफल भइरहेको छ।

Hardik ivf

समितिले सहकारी संस्था बचत तथा रकम अपचलनसम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटा सहकारी सञ्चालकलाई पनि समितिमा डाकेको छ।

समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्