Kathmandu Press

वर्तमान सरकारले संसदको सामना गर्छ : अध्यक्ष नेपाल

शुक्रबार पार्टीको महाधिवेशन स्थलमा प्रज्ञाभवनमा सञ्चारकर्मीसँग नेपालले पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेका बताउँदै यो सरकारले संसदको सामना गर्ने आँट राख्न पर्नेमा जोड दिए।
वर्तमान सरकारले संसदको सामना गर्छ : अध्यक्ष नेपाल

काठमाडौं, असार २१ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदमा भइरहेको गतिविधीको सामना गर्नुु गर्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टीको महाधिवेशन स्थलमा प्रज्ञाभवनमा सञ्चारकर्मीसँग नेपालले पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेका बताउँदै यो सरकारले संसदको सामना गर्ने आँट राख्न पर्नेमा जोड दिए।  

Hardik ivf

संसदलाई बलियो बनाउँदै यो व्यवस्थालाई जोगाउनसबै राजनीतिक दलहरु एक भएरअघि बढ्नुपर्ने उनले बताए। उनले भने– ‘हाम्रो पार्टीले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्दछ।’

अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गर सबै राजनैतिक दलहरुको बीचको सम्बन्धलाई कायम राख्न समेत आवश्यक रहेको बताए।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्