Kathmandu Press

लयमा रहेका दुई हेभिवेट जर्मनी र स्पेन भीड्दै

जर्मनी ८ वर्षयता ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो भने स्पने अघिल्लो सिजनको सेमिफाइनलिस्ट हो। दुवै टिमलाई क्वार्टरफाइलनबाटै बाहिरिने डर भएपनि यो खेल दर्शकका लागि भने निकै रोमाञ्चक हुनेछ।
लयमा रहेका दुई हेभिवेट जर्मनी र स्पेन भीड्दै

काठमाडौं, असार २१ : जारी युरोकपमा आजबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन्। क्वार्टरफाइनलको पहिलो खेलमै लयमा रहेका दुई हेभिवेट टिम आयोजक जर्मनी र स्पेन भीड्दै छन्।

जारी प्रतियोगितामा दुवै टिमले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। ती दुई मध्ये एक टिमको युरोपकको यात्रा आज रातिबाट समाप्त हुँदैछन्।

जर्मनी ८ वर्षयता ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो भने स्पने अघिल्लो सिजनको सेमिफाइनलिस्ट हो। दुवै टिमलाई क्वार्टरफाइलनबाटै बाहिरिने डर भएपनि यो खेल दर्शकका लागि भने निकै रोमाञ्चक हुनेछ।

Hardik ivf

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनसँग लामिन यमलसँगै निको विलियम्स जस्ता युवा आक्रमाको दस्ता छ। यी दुई खेलाडीको साथमा अल्भारो मोराटा जस्तो सुकै डिफेन्डसलाई ध्वस्त बनाउन तयार छन्। लयमा रहेका फाबियन रुइज, रोड्रीजस्ता खेलाडीले डिबक्स बाहिरैबाट बललाई जाली चुमाउन सक्छन्।

उसको बेन्चमा उत्तिकै शक्तिशाली आक्रामण पंक्ति छ। जसमा ड्याली ओल्मो, फेरान टोरस, मिकेल ओयासावेल र जोसेलु छन्।

पछिल्ला केही वर्षको खराब प्रदर्शन भुल्दै जर्मनी घरमै उपाधि जित्ने लक्ष्यमा छ। तर, त्यसका लागि आज उसले स्पनेलाई पन्छाउनु पर्ने हुन्छ।

आजको खेलमा गतिसहितको स्पनेका धारिलो अक्रामण रोक्नु जर्मनीका लागि मुख्य चुनौती हुनेछ। साथै उसले अन्तिम १६ मा डेनमार्कविरुद्ध गरेको प्रदर्शन सुधार गर्दै आक्रमणलाई चुस्त बनउनु पर्ने हुन्छ।

उसका लागि आक्रमणमा जमाल मुसियाला, फ्लोरिन विर्ट्ज, लिरोए साने, मिडफिल्डमा टोनी क्रुस र डिफेन्डसमा एन्टोनी रुडिगुरका भूमिका महत्वपूर्ण हुनेछ।

स्पेनलाई सन् १९८८ को युरोकप यता हराउन नसकेकाले पनि जर्मनीका लागि टाउको दुखाई बनेको। स्पेनले युरोकपको सन् २०१० को सेमिफाइनल र सन् २००८ को फाइनलमा जर्मनीलाई नै हराएको थियो। यस्तै, २०२० को नेसन्स लिगमा स्पने जर्मनीलाई ६–० ले हराएको थियो।

तर, ठूला प्रतियोगितामा स्पने बलियो भएपनि समग्र हेड टु हेटमा जर्मनी अगाडि छन्। यी दुई टिमबीच भएका २६ भीडन्तमा जर्मनीले ९ र स्पेनले ८ खेल जितेका छन्। ९ खेल बराबरीमा सकिएको छ।

 

प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्