Kathmandu Press

रौतहटको कटहरियाका मेयर र उपमेयरसहित ११ जना विरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरुविरुद्ध १२ लाख ५२ हजार ९४१ रुपैयाँ विगो माग गरेको छ।
रौतहटको कटहरियाका मेयर र उपमेयरसहित ११ जना विरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २० : रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरुविरुद्ध १२ लाख ५२ हजार ९४१ रुपैयाँ विगो माग गरेको छ।

Hardik ivf

अख्तियारमा कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा विनियोजन भएको  वडा नम्बर २ जमुनिया बजार स्थित अधुरो सामुदायिक भवनमा टायल्स योजनाको कामका लागि स्वीकृतिका बजेट लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको आरोपमा उजुरी परेको थियो।

मेयर र उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर भएको छ।

टाइल्स ओछ्याउने कामको जिम्मा दिइएको बौद्धिमा उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरूद्ध समेत मुद्धा दायर गरिएको घिमिरेले बताए।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्