Kathmandu Press

रौतहटको कटहरियाका मेयर र उपमेयरसहित ११ जना विरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरुविरुद्ध १२ लाख ५२ हजार ९४१ रुपैयाँ विगो माग गरेको छ।
रौतहटको कटहरियाका मेयर र उपमेयरसहित ११ जना विरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २० : रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरुविरुद्ध १२ लाख ५२ हजार ९४१ रुपैयाँ विगो माग गरेको छ।

अख्तियारमा कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा विनियोजन भएको  वडा नम्बर २ जमुनिया बजार स्थित अधुरो सामुदायिक भवनमा टायल्स योजनाको कामका लागि स्वीकृतिका बजेट लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको आरोपमा उजुरी परेको थियो।

मेयर र उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर भएको छ।

टाइल्स ओछ्याउने कामको जिम्मा दिइएको बौद्धिमा उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरूद्ध समेत मुद्धा दायर गरिएको घिमिरेले बताए।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्