Kathmandu Press

कोशी मन्त्रिपरिषद्ले गठन गर्‍यो तीन समिति

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको गरेको छ।
कोशी मन्त्रिपरिषद्ले गठन गर्‍यो तीन समिति

मोरङ, असार २० : कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन वटा समिति गठन गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको गरेको छ।

Hardik ivf

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा  प्रदेश मामिला समिति र स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ।

यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई दोस्रो संशोधन गर्र्ने निर्णय गरेको छ।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन, २०७५ लाई संशोधन गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० लाई खारेज गर्न आज प्रदेश प्रमुखलाई सिफारिस गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता लिलावल्लभ अधिकारीले बताए।

प्रदेश कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अनुदान दिने निर्णयलाई संशोधन गर्ने निर्णय गरिएको, कोशी प्रदेश बीउबिजनका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उनले बताए।

यस्तै जीव नाशक विषादी व्यवस्थापनका सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, पुराना घरका काठ गाउँबाट सहरमा ओसारपसार गर्न ६ महिनाका लागि खुला गर्ने निर्णयसमेत गरिएको मन्त्री अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, असार २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्