मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ उनले भने, बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ।’
काठमाडौं, असोज १९ : राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले आग्रह गरेको छ।
बुधबार बिहान बसेको कांग्रेस मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ।’
बैठकले कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ।
पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी महतले दिए। त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए।
प्रकाशित मिति: १२:२० बजे, बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)