कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला
मुलुकको राजनीति सधैं अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाको भनाई थियो।-1719987835.jpg)
पर्सा, असार १९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमतिले मुलुकले निकास पाउने दाबी गरेका छन्।
नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत व्यक्त गरे।
कोइरालाले कांग्रेस सधैं सहमति, सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए। मुलुकको राजनीति सधैं अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् रहेको कोइरालाको भनाई थियो।
नेता कार्यकर्ताहरूले अब विगतमा भएका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको उनले बताए। उनले अब गठन हुने सरकार दुई तिहाइ बहुमतको बन्ने दाबी गरे।
अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउँदै सुशासनका लागि कांग्रेस र एमाले एक्कै ठाउँमा आउनुपरेको बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)