Kathmandu Press

रास्वपा केन्द्रीय समिति बैठक बस्दै 

पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेपछि बैठक बस्न लागेको हो । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ । 
रास्वपा केन्द्रीय समिति बैठक बस्दै 

काठमाडौं, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । 

पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेपछि बैठक बस्न लागेको हो । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन लगायत विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि रास्वपाले केही दिनमा आफ्ना मन्त्रीले राजीनामा दिने निर्णय गरिसकेको छ । रास्वपाले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरिसकेको छ । 

मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको थियो । आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ । 

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्