Kathmandu Press

लकडाउनमा एक व्यक्तिलाई एक हजारको कुपन

काठमाडौं, चैत २३ : लकडाउनले दैनिकी चलाउन समस्या हुनथालेपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले विपन्न र मजदूरलाई कुपन वितरण गर्न सुरु गरेको छ। खाद....

लकडाउनमा एक व्यक्तिलाई एक हजारको कुपन

काठमाडौं, चैत २३ : लकडाउनले दैनिकी चलाउन समस्या हुनथालेपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले विपन्न र मजदूरलाई कुपन वितरण गर्न सुरु गरेको छ। खाद्यन्नको अभाव हुन नदिन प्रत्येक व्यक्तिलाई एक हजार रुपैयाँ बराबरको खाद्यान्न खरिद गर्नसक्ने गरि कुपन वितरण गर्न थालिएको हो।

आर्थिक अवस्था कमजोर भएका मजदुर र विपन्न बर्गलाई राहत वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ। दुई सातादेखि भएको लकडाउनका कारण नगरवासीले भोकै बस्न नपरोस भनेर विपन्न बर्ग र मजदूरको पहिचान गरि राहत वितरण गर्न थालिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताए।

Hardik ivf

यसका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ भने सामान खरिद गर्ने पसल पनि तोकिसकेको छ। ‘रातह वितरणको लागि ५० लाख छुट्याएकाल छौं। जसमा प्रत्येक वडाको जनघनत्वको आधारमा प्रत्येक वडामा पाँच लाख बराबरको राहत कुपन दिइएको छ,’ मेयर थापाले काठमाडौं प्रेससँग भने, ‘कुपनमा एक हजार बराबरको सामान किन्न पाउने व्यवस्था गरिएको छ।’

विपन्न परिवारलाई घर घरमा पुगेर नगरपालिकाको टोली कुपन वितरण गरिरहेको छ। उनीहरुले वडा कार्यालयले तोकेको पसलबाट सहजरुपमा खाद्यान्न खरिद गर्न सक्नेछन्।

नगरपालिकाले प्रत्येक व्यक्तिलाई कुपनको व्यवस्था गरेको छ। ‘एक घरमा पाँच जनाको परिवार छन् भने पाँच जनाले कुपन दिइरहेका छौं,’ मेयर थापाले भने, ‘एउटा परिवारमा पाँच जनाभन्दा बढि कुपन लिन नपाउने नियम बनाइएको छ।’

अहिले वडा नं. ३, ४ र ८ मा राहत वितरणको काम चलिरहेको छ। अन्य ६ वडामा राहत वितरणको शनिबारदेखि सुरु भइसकेको छ। दुई हजार आठ सय जनालाई कुपन वितरण गरिएको छ। अझै कुपन वितरण जारी रहेको मेयर थापाले बताए।

कुपन वितरण भएको वडामा राहत लिन पनि सुरु भइसकेको छ। शुक्रबारदेखि नै तोकिएको खाद्यान्न पसलबाट विपन्न र मजदूरले सामान लिन थालिसकेका छन्।

साथै, प्रत्येक वडामा वडास्तरीय कोरोना कोष खोलिएको छ। जसमा इच्छुक व्यक्तिले सहयोग गर्नसक्नेछन्। अहिले कोषमा स्थानीय संघ संस्था र व्यक्तिहरुले सहयोग गरिरहेका छन्।

वडास्तरीय कोषमा कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित कृष्ण प्रणामी मन्दिर नबतनधामले एक लाख तीन हजार सहयोग गर्ने प्रतिवद्धता जनाएको नगरपालिकाले जानकारी दिएको छ। वडास्तरीय कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ। वडास्तरमा संकलित रकमले विपन्न बर्गलाई सहयोग गर्ने योजना रहेको मेयर थापाले बताए।

प्रकाशित मिति: ०९:२४ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्