Kathmandu Press

चार प्रदेशमा अतिभारी वर्षाको सम्भावना

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
चार प्रदेशमा अतिभारी वर्षाको सम्भावना

काठमाडौं, असार १९ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशकाथोरै स्थानहरूमा चट्याङ्गसहितहल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनीर सुदूरपश्चिमप्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमाभारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: ०७:५० बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्