सत्ता समीकरण परिवर्तनको प्रभाव सेयर बजारमा, दोस्रो पटक लाग्यो सर्किट ब्रेक
पहिलो सर्टिक ब्रेक कारोबार सुरु भएको १ मिनेटमै लागेको थियो। पहिलो मिनेटमै नेप्से ४ प्रतिशतले बढेको थियो। सर्टिक ब्रेकपछि २० मिनेटपछि खुलेको सेयर बजार फेरि ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो।
काठमाडौं, असार १८ : रातारात सत्ता समीकरण परिवर्तन हुने भएपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ।
सत्ता परिवर्तनसँगै मंगलबार कारोबार सुरु भएलगत्तै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ।
पहिलो सर्टिक ब्रेक कारोबार सुरु भएको १ मिनेटमै लागेको थियो। पहिलो मिनेटमै नेप्से ४ प्रतिशतले बढेको थियो।
सर्टिक ब्रेकपछि २० मिनेटपछि खुलेको सेयर बजार फेरि ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो। दोस्रो पटक सर्किट ब्रृक भएपछि सेयर बजार ४० मिनेटका लागि स्थगित भएको छ।
दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक बढेको छ। २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ।
प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1764753058.png)