Kathmandu Press

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रिट निवेदक श्रेष्ठले समितिले छनौट प्रक्रिया रद्द गर्ने कार्य गैरकानुनी रहेको बताउँदै सूचना बदर घोषित गर्न सर्वोच्च समक्ष माग गरेका छन्।
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असार १७ : नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने कार्य अवैध रहेको दाबीसहितसर्वोच्च अदालतमा रिट दाय भएको छ।

बोर्डको अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सोमबार रिट दिएका हुन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले एक सूचना जारी गर्दै गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको थियो।

सिफारिस समितिले ‘सर्ट लिष्ट’ गरेका पाँचजना मध्ये दुई जनामात्र कार्ययोजना प्रस्तुति तथा अन्तरवार्तामा सामेल भएको भन्दै प्रक्रिया रद्द गरेका हो।

रिट निवेदक श्रेष्ठले समितिले छनौट प्रक्रिया रद्द गर्ने कार्य गैरकानुनी रहेको बताउँदै सूचना बदर घोषित गर्न सर्वोच्च समक्ष माग गरेका छन्। कानुनतः धितोपत्र बोर्डको अध्यक्षका लागि कम्तिमा तीन जना सिफारिस गर्नु पर्ने प्रावधान छ।

प्रकाशित मिति: १९:२० बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्