पहिरोले पुरिँदा बालकको मृत्यु
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबु-छोरा पहिरोले घरमै च्यापिएका थिए।
सुर्खेत, असार १७ : भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ । यस्तै, उनका बुबा रमेश घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबु-छोरा पहिरोले घरमै च्यापिएका थिए।
प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:५६ बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार