Kathmandu Press

एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ। 
एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

काठमाडौं, असार १७ : नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। 

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ। 

बन्दसत्र सञ्चालनका निम्ति खनालको नेतृत्वमा अध्यक्षमण्डल गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी गराएको छ।

यस्तै, उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी र उपमहासचिव डा. गंगालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युट कमिटी गठन गरिएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए। 

महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्। पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ।  

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने प्रचार विभागले जनाएको छ।

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्