आजको मौसम, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
काठमाडौं, असार १७ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । यसको साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने अनुमान पनि गरिएको छ ।
प्रकाशित मिति: ०८:२४ बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)