Kathmandu Press

पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो।
पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

काठमाडौं, असार १६ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाउको छ। यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ।

हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् छ।

प्रकाशित मिति: २१:३० बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्