Kathmandu Press

अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली

‘यथास्थितिमा देश अगाडि जान सक्दैन। त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो, त्यसमा पनि कृषिको आधुनिकीरणमा जोड दिनुपर्छ, जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ,’ उनले भने।
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली

काठमाडौं, असार १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको बताएका छन्।

पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आयोजित ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण’ विषयक नीति संवाद कार्यक्रममा अध्यक्ष ओलीले यथास्थितिमा देश अगाडि जान नसक्ने भन्दै उद्यमशीलतामा जोड दिनुपर्ने बताए।

‘यथास्थितिमा देश अगाडि जान सक्दैन। त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो, त्यसमा पनि कृषिको आधुनिकीरणमा जोड दिनुपर्छ, जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ,’ उनले भने।

कृषिमा आधारित उद्यमले निर्यातमूलक उद्योगको रुप लिन सक्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा आधुनिकीकरण गर्न नीतिगत पहल जरुरी रहेको धारणा राखे।

‘कृषिको आधुनिकीकरणका लागि ठोस नीति निर्माण हुनुपर्छ। हामीसँग भएको जमिनको उपयोग गरी समाजलाई गरिबीबाट माथि उठाउने योजनासहित काम गर्नुपर्ने आवश्यकता छ, त्यसमा सरकारले ध्यान दिनुपर्छ,’ ओलीले भने।

उनले कृषि क्षेत्रबाटै नेपालमा असाधारण परिर्वतन ल्याउन सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि पाँच वर्षभित्रमा ठोस योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएश्र

‘हाम्रो उर्बर माटो बिग्रिँदै गएको छ, जसकारण उत्पादनमा ह्रास आउँदैछ। यो अवस्थामा सुधार गर्दै माटोका अवस्था थप बिग्रिन नदिन लाग्नुपर्नेछ,’ उनले भने,  ‘त्यसैले सरकार साना–साना विषयमा अड्किनेभन्दा पनि मुलुकको समग्र विकासका निम्ति गम्भीर हुनुपर्ने आवश्यकता छ।’

प्रकाशित मिति: २१:२७ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्