नियुक्ति, सरुवा, बढुवातिर नलाग्न प्रधानमन्त्रीलाई ओलीको सुझाव
अध्यक्ष अोलीले नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।-1717843945.png)
काठमाडौं, असार १६ : एमाले अध्यक्ष केपी ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताएका छन्।
एमालेको कृषि तथा सहकारी विभागले आयोजना गरेको ‘समृद्धिको आधार : सम्मानित किसान र कृषिमा रुपान्तरण’ नीति सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ती, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिए।
अध्यक्ष अोलीले नीतिगत सुधारका लागि ठोस प्रस्ताव ल्याउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।
‘मैले प्रधानमन्त्रीलाई भनेको छु, सानातिना नियुक्ति सरुवा बढुवातिर नअल्झियौं। पोलिसी म्याटरको छलफल गरौं, कुन क्षेत्रमा के कस्ता सुधार, परिवर्तन, कस्ता कदम र नीति लिन आवश्यक छ त्यसमा छलफल गरौं,’ उनले भने, ‘छलफल गर्यो सुन्यो सिध्यो, पुराण सुनेजस्तो नगरौं। आँखा चिम्लेर सुनेपछि सक्यो, यस्तो गरेर भएन । ठोस् रुपमा कार्यान्वयनमा जाआंै, र व्यवहारिक कदमहरु चल्न ठोस प्रस्तावहरु लिएर आउनु होला।’
अध्यक्ष ओलीले अबको पाँच वर्षभित्रमा कृषिक्षेत्रमा असाधारण परिवर्तन ल्याउन सकिने सम्भावना रहेको विश्वास व्यक्त गरे। उनले देशमा कृषि क्षेत्रमा अब पर्खने समय नै नरहेको बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)