‘आलो घाउका कारण ओलीजी महाधिवेशनमा आउनुभएन’
उनले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदासम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको बताए।
काठमाडौं, असार १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको बताएका छन्।
आइतबार आफ्नो पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले एमालेका अध्यक्ष केपी ओलीलाई दश पटक फोन गर्दा नलागेपछि पीएहरुलाई म्यासेज पठाउँदासम्म महाधिवेशनमा नआएको भन्दै तीन वर्षको घाउ आलो भएकै कारणले नआएको बताए।
‘नेकपा एमाले किन आएन भन्ने लागेको होला, मैंले आफंैले दशौं पटक फोन गरेको छु। उहाँका पीएहरुलाई लगातार फोन गरेको छु। म्यासेज पनि पठाएको छु डिटेलमा। म्यासेज पाएको पनि सूचना पाएको छु। तर तीन वर्षको घाउ अझै पनि आलो छ, त्यसैको असर बाँकी होला,’ उनले भने, ‘राजनीतिमा यस्तो कुरा पचाएर जान सक्नुपर्छ। नआउँदाको गुनासो धेरै कुरा नगरौं। राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन, यात्रामा यस्तो भइरन्छ।’









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)