बादलका छोरा प्रतीकलाई अदालतमा हाजिर गराइयो
थापालाई गत शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरिएको थियो। नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलेपछि फरार रहेका थापालाई प्रहरीले काठमाडौँ जिल्ला अदालत उपस्थित गराएको हो।
काठमाडौं, असार १६ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई अदालतमा हाजिर गराइएको छ।
थापालाई गत शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरिएको थियो। नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलेपछि फरार रहेका थापालाई प्रहरीले काठमाडौँ जिल्ला अदालत उपस्थित गराएको हो।
उनीविरुद्ध नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग छ। बादल गृहमन्त्री हुँदा छोरा प्रतीक प्रमुख स्वकीय सचिव थिए।
उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको दाबी अभियोगपत्रमा गरिएको छ।
थापाविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।
थापासँग बयान र थुनछेक वहशपछि अदालतले थुनामा पठाउने वा तारेखमा छाड्ने भनेर निर्णय लिनेछ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)