Kathmandu Press

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो : झलनाथ खनाल

‘समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो। अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,’ उनले भने।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो : झलनाथ खनाल

काठमाडौं, असार १६ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले  ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर गरेका हुन्।

Hardik ivf

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए।

‘समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो। अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,’ उनले भने।

नेता खनालले नेतृत्व चयनका सवालमा सहमति नभए प्रतिस्पर्धाको बाटोमा समेत जान सकिने बताए।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्