Kathmandu Press

एकीकृत समाजवादीको महाधिवेशनले कम्युनिस्ट शक्तिलाई एक बनाउने प्रधानमन्त्री दाहालको भनाई

‘नेपालको कम्युनिस्ट आन्दोलन एकता, संघर्ष, विभाजन, पुनः एकता हुँदै अघि बढेको छ। यसरी हेर्दा पनि हामी सबै वामपन्थी, कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनैपर्नेछ,’ प्रधानमन्त्री दाहालले भने।
एकीकृत समाजवादीको महाधिवेशनले कम्युनिस्ट शक्तिलाई एक बनाउने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं, असार १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीको महाधिवेशनले सबै वामपन्थी र कम्युनिस्ट पार्टीबीच एकताको आधार तयार पार्ने बताएका छन्।

एकीकृत समाजवादीको दशौं महाधिवेशनमा शुभकामना दिँदै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यस्तो विश्वास राखेका हुन्।

उनले कम्युनिस्टहरू सधैं अतीतमुखी नभई भविष्यमुखी र आसामुखि हुने बताउँदै समाजवादीको महाधिवेशनले क्रान्तिकारी आशावादीताका साथ कम्युनिस्ट एकता र राष्ट्रको स्थायित्वका निम्ति उन्नत विचार संश्लेषण गर्ने पनि बताए।

‘नेपालको कम्युनिस्ट आन्दोलन एकता, संघर्ष, विभाजन, पुनः एकता हुँदै अघि बढेको छ। यसरी हेर्दा पनि हामी सबै वामपन्थी, कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनैपर्नेछ,’ प्रधानमन्त्री दाहालले भने।

यतिबेला सबै पार्टी खतम भए, सबै नेता खतम भए भन्ने निराशाजनक भाष्य निर्माण गर्न खोजिएको बताउँदै त्यस्तो भाष्य गलत रहेको पनि उनले बताए।

वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा निम्ति निर्ममताका साथ पहल अघि बढाए पनि आलोचना भइरहने कार्य न्यायोचित नभएको भनाई प्रचण्डको थियो।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्