Kathmandu Press

जनताको चिन्ता नेताहरुको भाषणमा मात्र भयो, व्यवहारमा भएन : रास्वपा साभपित लामिछाने

‘यहाँ सबै शीर्ष नेताहरु हुनुहुन्छ, यो नेताहरुलाई देश बनाउन कसले रोक्छ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो?,’ उनले भने, ‘बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला? तर, हामीलाई कसैले रोकेको छैन।’
जनताको चिन्ता नेताहरुको भाषणमा मात्र भयो, व्यवहारमा भएन : रास्वपा साभपित लामिछाने

काठमाडौं, असार १६ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेताहरू सबैको भाषणमा जनताको चिन्ता भएपनि व्यवहारमा नभएको बताएका छन्।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले सबै नेताहरुलाई जनजीविकाको सवालमा एकै ठाउँमा उभिन कसैले नरोकेको बताए।

Hardik ivf

‘यहाँ सबै शीर्ष नेताहरु हुनुहुन्छ, यो नेताहरुलाई देश बनाउन कसले रोक्छ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो?,’ उनले भने, ‘बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला? तर, हामीलाई कसैले रोकेको छैन।’

यस्तै, लामिछानेले आफूहरूले बढी बोल्दा अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए। उनले भने, ‘पछि जन्मिएकोले ठूलो कुरा गर्नु हुँदैन, दिग्गज व्यक्तिहरूको अघि ‘छोटी मुख बढी बात’जस्तो हुन् । बढी बोल्ने भएकाले केही अप्ठ्यारो पर्दै आएकोले ध्यान दिनुपर्ने भएको छ।’

लोकतन्त्रमा खतरा भए जनताले जोगाइदिन्छन् भन्दै नेताहरूले चिन्ता लिनुपर्ने अवस्था नरहेको उलने बताए। उनले भने, ‘लोकतन्त्रमा खतरा छ भने हामीबाट छ, जनताबाट छैन।’

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्