‘माननीयज्यूहरू सदनमै घुर्दै निदाउनुहुन्छ, सुत्नैका लागि सभामा नबस्नुस्’
‘संसदमा त्यो फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू। मैंले धेरैजना मस्त निधाइरहेको देखेँ,’ उनले भनिन्, ‘अलिअलि त रेकर्ड पनि गरेर राखेको छु। सुत्नैका लागि चाहिँ सभामा नबसौँ।’
काठमाडौं, असार १६ : उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्।
आइतबार संसद भवनमा ६६औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँर घुर्दै निदाउने गरेको देखेपनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताएकी छिन्।
उपसभामुख रानाले सुत्नकै लागि वा निधाउनका लागि मात्र सभामा नबस्न आग्रह गरिन्।
‘संसदमा त्यो फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू। मैंले धेरैजना मस्त निधाइरहेको देखेँ,’ उनले भनिन्, ‘अलिअलि त रेकर्ड पनि गरेर राखेको छु। सुत्नैका लागि चाहिँ सभामा नबसौँ।’
उपसभामुख रानाले जाग जाग नेपाली भन्नुपर्ने बेलामा नसुत्न र सुतेर सपना नदेख्न आग्रह गरिन्।
प्रकाशित मिति: १६:०७ बजे, आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)