Kathmandu Press

‘महिनामा१५ दिन पाँच तारे होटलमा खाना खाने नेताबाट समाजवाद आउँदैन’

राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद आउन नसक्ने बताए।
‘महिनामा१५ दिन पाँच तारे होटलमा खाना खाने नेताबाट समाजवाद आउँदैन’
फाइल तस्बिर।

काठमाडौं, असार १६ : जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन्।

काठमाडौंमा जारी नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद आउन नसक्ने बताए।

Hardik ivf

उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले समाजवादी हुँ भन्न पनि नसुहाउने बताए।

‘हामी समाजवादका कुरा गर्दछौं। जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन्, महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने भने म आफूलाई समाजवादी भन्ने की नभन्ने,’ डा. राउतले भने, ‘जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो की होइन?’

उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने पनि बता ।

एकातिर रोजगारी दिने कुरा गर्ने, अर्कोतिर युवालाई विदेश कसरी पठाउने भनेर लाखौँको संख्यामा सम्झौता गर्ने व्यक्ति पनि समाजवादी हो की होइन भन्ने प्रश्न राउतले गरे।

‘म आफ्नो छोराछोरीलाई महंगो बोर्डिङ स्कुलमा भर्ना गर्दछौँ, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो की होइन,’ डा. राउतले भने।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्