विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव
उनले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए।
काठमाडौं, असार १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका छन्।
आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका हुन्। उनले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तिव्र ढङ्गले बढेको बताए।
‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ। नेपालको राष्ट्रिय स्वाधीनता विश्वको ध्रुविकृत राजनीति र नेपालको भू–राजनीतिको कारणले निकै ठूलो दबावमा छ,’ उनले भने, ‘हाम्रो देश स्रोत साधन र सुन्दरताले भरिपूर्ण छ। सुन्दरतामा सबैको आँखा पर्छ। सम्पूर्ण कूतत्वहरुको आँखा नेपालमा परिरहेको छ। स्रोत साधनलाई कब्जा गर्ने होडबाजी निकै तिव्र ढङ्गले बढेको छ।’
उनले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए।
नेकपा एस दुईवटा पूर्वप्रधानमन्त्री भएको पहिलो पार्टी रहेको र ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उनको भनाई छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)