Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

आजको कारोबारमा वित्त समूह ०.३४ र उत्पादन तथा प्रशोधन समूह ०.०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.७०, विकास बैंक ०. ८०, होटल तथा पर्यटन ०.४०, जलविद्युत् ०.०६ र लगानी समूह ०.६६ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, असार १६ : साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ।

आइतबार विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा वित्त समूह ०.३४ र उत्पादन तथा प्रशोधन समूह ०.०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.७०, विकास बैंक ०. ८०, होटल तथा पर्यटन ०.४०, जलविद्युत् ०.०६ र लगानी समूह ०.६६ प्रतिशतले घटेको छ ।

त्यसैगरी, जीवन बीमा समूह ०.४५, लघुवित्त १.३७, म्युचुअल फन्ड ०.१५, निर्जीवन बीमा ०.२८, व्यापार ०.३१ र अन्य समूह ०.९५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य ७.०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५.७६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ।

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्