समाजवादीको महाधिवेशनमा एमालेका नेता उपस्थित भएनन्
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा एमालेका कुनै नेता देखिएका छैनन्।
काठमाडौं, असार १६ : नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा दिइए पनि एमालेका नेता उपस्थित भएका छैनन्।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा एमालेका कुनै नेता देखिएका छैनन्।
एद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु मञ्चमा देखिए पनि एमालेबाट भने कोही प्रतिनिधि सहभागी भएका छैनन्।
एकीकृत समाजवादीले एमालेलाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामनाका लागि निम्ता दिएको बताए। महाधिवेशनमा देशभरबाट १८ सय भन्दा धेरै प्रतिनिधि आएको जनाइएको छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)