सभापति देउवाले डाके पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
बैठकमा असार १५ बाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्।
सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक डाकेका हुन्।
बैठकमा असार १५ बाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।
कांग्रेसले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको थियो।
प्रकाशित मिति: १५:२९ बजे, आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)