Kathmandu Press

‘संसदलाई कानून मात्र होइन् देश निर्माण गर्ने केन्द्रका रुपमा बुझ्नपर्छ’

संसदको गरिमा र इतिहासलाई कायम गर्न सकेमा संसद्का प्रयत्नलाई बिथोल्नका लागि आउने शक्तिहरू पराजित हुने उनले बताए।
‘संसदलाई कानून मात्र होइन् देश निर्माण गर्ने केन्द्रका रुपमा बुझ्नपर्छ’

काठमाडौं, असार १६ : सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र भएकाले कानून निर्माण गर्ने थलोको रुपमा मात्र बुझ्न नहुने बताएका छन्।

६६औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले निर्माण भएका कानूनहरु किन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन भन्ने कुरामा गम्भीर छलफल आवश्यक रहेको बताए।

Hardik ivf

उनले संसदबाट नै सरकारलाई निर्देशित हुने भएकाले राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र रुपमा रहेको बताए।

‘कानून कार्यान्वयन गर्ने सन्दर्भमा के समस्याहरु छन्। प्रभावकारी रुपमा कार्यान्वयन गर्न कसको भूमिका हुन्छ, के कुराको अभावमा हुन सकेन यस्तो कुरा पत्ता लगाउनमा हाम्रो कमजोरी छ,’ उनले भने, ‘त्यसैले संसद एउटा कानुन निर्माण गर्ने थलो मात्र होइन, राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र हो। यसैबाट सरकारपनि निर्देशित हुन्छ।’

उनले जनताको जीवनमा परिवर्तन ल्याउने जस्ता तमाम कामहरु गर्ने जिम्मा इतिहासले आफूहरूलाई दिएको बताए। संसदको गरिमा र  इतिहासलाई कायम गर्न सकेमा संसद्का प्रयत्नलाई बिथोल्नका लागि आउने शक्तिहरू पराजित हुने उनले बताए।

सभामुख घिमिरेले ३५–३६ वर्षको संसदीय अभ्यासमा संसद्लाई प्रभावकारी बनाउने र विश्वव्यापी रुपबाट कूटनीतिक व्यवहार प्रयोग गरेर नेपाललाई अगाडि बढाउने जस्ता धेरै कुराहरु सिक्ने मौका पाएको बताए।

 

प्रकाशित मिति: १४:५० बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्