Kathmandu Press

संविधान ठिक कि बेठिक भनेर सांसदहरुले मूल्यांकन गर्छन् : अध्यक्ष दाहाल

उनले नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली नेपाली जनताको इच्छा र चाहना अनुसार मुलुकको उत्कृष्ट थलोमा प्रस्तुत हुनुपर्ने बताए।
संविधान ठिक कि बेठिक भनेर सांसदहरुले मूल्यांकन गर्छन् : अध्यक्ष दाहाल

काठमाडौं, असार १६ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधान ठिक कि बेठिक भनेर प्रमाणित गर्ने दायित्व यसको कार्यान्वयनको जिम्मा लिएका सांसदहरुले लिनुपर्ने बताए।

६६औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली जनचहाना अनुसार हुनुपर्ने बताए।

Hardik ivf

‘नेपालको संसदीय व्यवस्थालाई हेर्ने दृष्टिकोण फरक फरक छन्। नेपाल सबैभन्दा धनी छ भने संविधानहरुमै छ। २००७ सालदेखि हालसम्म हामीले धेरैवटा संविधानहरु परीक्षण गरिसकेका छौं,’ उनले भने ‘केही मानिसले उतिबेलाका पुराना संविधानले देशलाई सबैभन्दा उत्कृष्ट बनाउँछ भन्दै अगाडि बढे  हामी निरन्तर त्यसका विरुद्ध लड्दै गयौं। यी सबै संविधानहरु हेर्ने आ–आफ्नै दृष्टिकोणहरु हुन्छन्। तर संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्ने कुरा संविधानलाई कार्यान्वयन गरेको जिम्मा लिएका सांसदहरुको हो।’

उनले नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली नेपाली जनताको इच्छा र चाहना अनुसार मुलुकको उत्कृष्ट थलोमा प्रस्तुत हुनुपर्ने बताए।

संसदले सबै जनभावनाको कदर गर्ने भएका कारण संसदमा निर्माण हुने ऐन र कानूनले मुलुकलाई कस्तो दिसा दिन्छ भन्ने कुराको पुष्टि हुने अध्यक्ष दाहालको भनाइ छ।

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्