Kathmandu Press

थमन विक हत्या अभियागमा पूर्वप्रदेश सांसद यादव पक्राउ

हत्या प्रकरणमा उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
थमन विक हत्या अभियागमा पूर्वप्रदेश सांसद यादव पक्राउ

काठमाडौं, असार १६ : सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा मुछिएका पूर्वप्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो। हत्या प्रकरणमा उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत हुन्।

अदालतमा मुद्दा चलिरहेकै बेलादेखि यादव फरार थिए। उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। उक्त प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई पनि अदालतले जन्म कैदको सजाय सुनाएको छ ।

हत्या प्रकरणमा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका छन्।

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्