Kathmandu Press

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

दुई नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने लगायत विषयमा छलफल भएको अनुमान गरिए पनि भेटवार्ताको ठोस प्रयोजन भने खुलेका छैन।
प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता
फाइल तस्बिर।

काठमाडौं, असार १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटवार्तामा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको जनाइएको छ ।

Hardik ivf

दुई नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने लगायत विषयमा छलफल भएको अनुमान गरिए पनि भेटवार्ताको ठोस प्रयोजन भने खुलेका छैन।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता भएको छ।

प्रकाशित मिति: १३:२० बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्