Kathmandu Press

फणिन्द्र देवकोटा पुनः बने मन्त्री

सर्वोच्च अदालतले देवकोटालाई सांसदमा पुनःर्बहाली गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा पुनः नियुक्त गरेका हुन्। 
फणिन्द्र देवकोटा पुनः बने मन्त्री

कास्की, असार १६ : नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः गण्डकी प्रदेशका मन्त्री नियुक्त भएका छन्।

सर्वोच्च अदालतले देवकोटालाई सांसदमा पुनःर्बहाली गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा पुनः नियुक्त गरेका हुन्। 

Hardik ivf

मन्त्रीमा नियुक्त भएलगत्तै देवकोटाले प्रदेश प्रमुखबाट सपथ पनि लिइसकेका छन्।

माओवादीको चिन्ह लिएर निर्वाचन जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले फ्लोर क्रस गरेको भन्दै उनलाई सांसदबाट बर्खास्त गरेको थियो। त्यसपछि उनी मन्त्रीबाट स्वतः हटेका थिए। 

आफू नेसपाको सांसद भएकाले माओवादीको ह्विप नलाग्नै भन्दै माओवादीको निर्णयविरुद्ध देवकोटा सर्वोच्च गएका थिए। उनको रिट सर्वोच्चले प्रदेशसभा सदस्यकै हैसियममा काम गर्न आदेश भएको थियो।

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्